कांग्रेसले खोल्यो खाता, मुस्ताङमा योगेश गौचन विजयी

होमपेज / समाचार /
कांग्रेसले खोल्यो खाता, मुस्ताङमा योगेश गौचन विजयी
  • रेडियो सुदूर सञ्चार
  • २२ फागुन २०८२ (३ महिना अघि)
  • १७६

मुस्ताङमा नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली विजयी भएका छन्।

गौचनले ३ हजार ३ सय ७ मत प्राप्त गर्दै जित हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार इन्द्रधारा विष्टले १ हजार ८ सय ६ मत पाएका छन्।

गौचन यसअघि विघटित प्रतिनिधिसभाका सदस्य पनि रहेका थिए। उनी कांग्रेस नेता तथा पूर्वमन्त्री रोमी गौचनका छोरा हुन्।

अन्तिम अध्यावधिक: २२ फागुन २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस