झापा ५ मा बालेन्द्रले ओलीलाई ८ हजार मतले पछि पारे

होमपेज / समाचार /
झापा ५ मा बालेन्द्रले ओलीलाई ८ हजार मतले पछि पारे
  • रेडियो सुदूर सञ्चार
  • २२ फागुन २०८२ (३ महिना अघि)
  • १४१

झापाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ५ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका बालेन्द्र साहले ८ हजार २ सय मतको फराकिलो अग्रता कायम गरेका छन्।

पछिल्लो मतपरिणाम अनुसार हालसम्म १५ हजार ७४० मत गणना हुँदा साहले १० हजार ४६६ मत प्राप्त गरेका छन्।

उनका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले २ हजार २०५ मत मात्रै पाएका छन्।

यससँगै साहले ओलीभन्दा ८ हजार २६१ मतान्तरसहित अग्रता बनाएका छन्। झापा–५ मा यी दुई नेताबीचको प्रतिस्पर्धा यस निर्वाचनको सबैभन्दा चर्चित भिडन्तमध्ये एक मानिएको छ।मतगणना जारी रहेकाले अन्तिम परिणाम आउँदासम्म बालेन्द्रको अग्रताले अझै उचाइ लिने अनुमान छ । अहिले उनी झापातिर लागिसकेका छन् ।

अन्तिम अध्यावधिक: २२ फागुन २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस