मनाङमा कांग्रेसका टेकबहादुर गुरुङ विजयी

होमपेज / समाचार /
मनाङमा कांग्रेसका टेकबहादुर गुरुङ विजयी
  • रेडियो सुदूर सञ्चार
  • २२ फागुन २०८२ (३ महिना अघि)
  • १५१

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मनाङमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ विजयी भएका छन् । दुई हजार ४१५ मत प्राप्त गरी कांग्रेसका गुरुङ विजयी भएका हुन् । मतगणनाको सुरुआतदेखि अग्रता कायम गर्दै गुरुङ विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलले जानकारी दिए ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का यशोदा सुवेदी गुरुङले ४५४ मत प्राप्त गरेको पौडेलले जानकारी दिए । उनका अनुसार मङ्गोल नेसनल अर्गनाइजेसनका रामबहादुर गुरुङ (नवीन)ले नौ मत पाएका छन् ।

सेनाको हेलिकप्टरमार्फत नार्पाभूमि गाउँपालिकाका पाँच मतदान केन्द्रको मतपेटिका आज मतगणना स्थलमा ल्याइएपछि मतगणना थालिएको थियो । मनाङमा ५४ दशमलव ८० प्रतिशत मत खसेको थियो ।

यहाँ कुल सात हजार मतदातामध्ये दुई हजार ९२३ मत खसेको र ४५ मत बदर भएको जिल्ला निर्वाचन अधिकारी जीवन कुँवरले जानकारी दिए । मनाङ कुल मतदाता सात हजार छन् । अस्थायीसहित २९ मतदान केन्द्रमार्फत मतदाताले मतदान गरेका थिए ।यसअघि छिमेकी जिल्ला मुस्ताङमा पनि कांग्रेस नै विजयी भएको छ । कांग्रेसका योगेश गौचन थकालीले मुस्ताङमा जित हासिल गरेका हुन् ।

उनले ३ हजार ३०७ मत पाएर चुनाव जित्दा प्रतिस्पर्धी एमालेका इन्द्रधरा विष्टले १ हजार ८०३ मत प्राप्त गरे । अधिकांश स्थानमा अग्रता लिएको रास्वपाका उम्मेदवार अधितीयचन्द्र थकालीले ७५९ मत प्राप्त गरे ।

अन्तिम अध्यावधिक: २२ फागुन २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस