म्याग्दीबाट स्वतन्त्रका उम्मेदवार महाविर पुन निर्वाचित

होमपेज / समाचार /
म्याग्दीबाट स्वतन्त्रका उम्मेदवार महाविर पुन निर्वाचित
  • रेडियो सुदूर सञ्चार
  • २३ फागुन २०८२ (६ महिना अघि)
  • १४२

म्याग्दीबाट निवर्तमान शिक्षा विज्ञान तथा प्रविधिमन्त्री डा महाविर पुन प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित भएका छन्।

बाइस हजार ८५० मतका साथ पुन निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का हरिकृष्ण श्रेष्ठले सात हजार ९१९ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापाले जानकारी दिए। 

नेपाली कांग्रेसका कर्णबहादुर भण्डारीले छ हजार ८८४ र नेपाली कम्युनिष्ट पार्टीका अर्जुन थापाले तीन हजार ५२९ मत प्राप्त गरेका छन्। बिहीबार भएको मतदानमा म्याग्दीमा ८६ हजार ३९७ जना मतदाता रहेकोमा ४६ हजार २१५ मत खसेको थियो।

अन्तिम अध्यावधिक: २३ फागुन २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस