गुल्मी-२ मा रास्वपाका गोविन्द पन्थी विजयी

होमपेज / समाचार /
गुल्मी-२ मा रास्वपाका गोविन्द पन्थी विजयी
  • रेडियो सुदूर सञ्चार
  • २३ फागुन २०८२ (१५ घण्टा अघि)
  • ३३

प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत गुल्मी क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गोविन्द पन्थी विजयी भएका छन्। अन्तिम मत परिणाम अनुसार पन्थीले नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्टलाई ४९६ मतान्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।

अन्तिम मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी) का पन्थीले १६ हजार ८७८ मत प्राप्त गर्दै विजयी भए। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विष्टले १६ हजार ३८२ मत प्राप्त गरे।

त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार भुवनप्रसाद श्रेष्ठले १४ हजार ४०५ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहे। नेपाल कम्युनिस्ट पार्टीका श्रीराम महतले तीन हजार ७९ मत प्राप्त गरेका छन्।

गुल्मी–२ मा सुरुदेखि नै कडा प्रतिस्पर्धा देखिएको थियो। निर्वाचन आयोगले यो क्षेत्रको आधिकारिक परिणाम सार्वजनिक गर्ने तयारीमा गरिरहेको छ ।

अन्तिम अध्यावधिक: २३ फागुन २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस