महोत्तरी–३ मा रास्वपाका उज्ज्वलकुमार झा विजयी

होमपेज / समाचार /
महोत्तरी–३ मा रास्वपाका उज्ज्वलकुमार झा विजयी
  • रेडियो सुदूर सञ्चार
  • २४ फागुन २०८२ (१ दिन अघि)
  • ६२

महोत्तरी ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार उज्ज्वलकुमार झा प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ । मुख्य निर्वाचन अधिकृत माधवप्रसाद अधिकारीका अनुसार उहाँले ३२ हजार ४५१ मत ल्याएर विजयी हुनुभएको हो ।

उहाँका निकटतम प्रतिस्पर्धी नेपाल सङ्घीय समाजवादी पार्टीका मुहमद रिजवानले पाँच हजार ९६९ मत ल्याउनुभयो । स्वतन्त्र उम्मेदवार रामआधार कापरले चार हजार ७९० मत, नेपाली कांग्रेसका उम्मेदवार बजरङ्ग नेपालीले ४ हजार ३२४ मत ल्याउनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

चारवटा निर्वाचन क्षेत्र रहेको महोत्तरीको निर्वाचन क्षेत्र–१ र २ मा  यसअघि नै क्रमशः रास्वपाकै प्रमोदकुमार महतो र दीपककुमार साह विजयी भइसक्नुभएको छ भने बाँकी रहेको क्षेत्र नं ४ मा पनि रास्वपाकै उम्मेदवार गौरी कुमारी फराकिलो मतान्तरले अगाडि रहनुभएको छ ।

अन्तिम अध्यावधिक: २४ फागुन २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस