डोल्पा १ मा नेकपाका बुढा विजयी

होमपेज / समाचार /
डोल्पा १ मा नेकपाका बुढा विजयी
  • रेडियो सुदूर सञ्चार
  • २४ फागुन २०८२ (१ दिन अघि)
  • ६०

एकमात्र निर्वाचन क्षेत्र भएको डोल्पामा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का धनबहादुर बुढा विजयी हुनुभएको छ । बुढाले आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार लङ्कबहादुर रोकायलाई १ हजार ४०६ मतान्तरमा ६ हजार ८०२ मत ल्याएर विजयी हुनुभएको हो । रोकायले ५ हजार ३९६ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत चन्द्रदेव भारतीले जानकारी दिनुभयो । 

त्यसैगरी, नेपाली कांग्रेसका कर्णबहादुर बुढाले २ हजार ९४७ र राष्ट्रिय स्वतन्त्र पार्टीका देवसिंह ऐडीले १८१ मत प्राप्त गर्नुभएको छ । डोल्पामा नौ दलका उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए । यहाँ २५ हजार पाँच कुल मतदाता सङ्ख्या रहेको यो निर्वाचन क्षेत्रमा १६ हजार ४३७ मत खसेको थियो ।

अन्तिम अध्यावधिक: २४ फागुन २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस