पश्चिम नवलपरासी– २ मा रास्वपाका नरेन्द्रकुमार गुप्ता विजयी

होमपेज / समाचार /
पश्चिम नवलपरासी– २ मा रास्वपाका नरेन्द्रकुमार गुप्ता विजयी
  • रेडियो सुदूर सञ्चार
  • २४ फागुन २०८२ (१ दिन अघि)
  • ६६

पश्चिम नवलपरासी–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नरेन्द्रकुमार गुप्ता प्रतिनिधिसभा सदस्य पदमा विजयी हुनुभएको छ । नवलपरासी–२ को अन्तिम मतगणनाअनुसार उहाँले ४४ हजार १३८ मत प्राप्त गर्दै विजयी हुनुभएको हो ।

उहाँले नेपाली कांग्रेसका उम्मेदवार भीमबहादुर थापा क्षेत्रीलाई २८ हजार १९३ मतान्तरले पराजित गर्नुभएको हो । यस क्षेत्रमा नेपाली कांगे्रसका उम्मेदवार क्षेत्रीले १५ हजार ९४५ मत प्राप्त गर्नुभयो ।

यहाँ जनता समाजवादी पार्टी नेपालका उम्मेदवार देवेन्द्र यादवले ७ हजार २१२ तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ध्रुवबहादुर प्रधानले ४ हजार ६९१ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

अन्तिम अध्यावधिक: २४ फागुन २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस