कञ्चनपुर : सांसद धामीद्वारा सहिद गोविन्द गौतमको सालिकमा माल्यार्पण

होमपेज / मुख्य समाचार / समाचार /
कञ्चनपुर : सांसद धामीद्वारा सहिद गोविन्द गौतमको सालिकमा माल्यार्पण
  • रेडियो सुदूर सञ्चार
  • २६ फागुन २०८२ (६ महिना अघि)
  • ४६०

रमेश प्रसाद भट्ट / कञ्चनपुर -

कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ बाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य (सांसद) जनकसिंह धामीले सहिद गोविन्द गौतमको सालिकमा माल्यार्पण गरेका छन्।

मंगलबार बिहान पुनर्वास नगरपालिका–४ आनन्दबजार पुगेर नवनिर्वाचित सांसद धामीले सहिद गोविन्द गौतमको सालिकमा माल्यार्पण गरेका हुन्।

सीमा सुरक्षाका लागि ज्यान दिएका सहिद गौतमको योगदानलाई स्मरण गर्दै मातृभूमिको रक्षा र राष्ट्रिय स्वाभिमानको संरक्षणमा सधैं प्रतिबद्ध रहने प्रतिज्ञा उनले व्यक्त गरेका छन्।

निर्वाचित भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता समेत रहेका सांसद धामीले किसान नेता भीमदत्त पन्तको सालिकमा समेत माल्यार्पण गर्दै क्षेत्रका मतदाताप्रति आभार व्यक्त गरिरहेका छन्।

मातृभूमि रक्षार्थ भएको आन्दोलनका क्रममा वि.सं. २०७३ साल फागुन २६ गते भारतीय सुरक्षाकर्मीले चलाएको गोली लागेर गोविन्द गौतमको ज्यान गएको थियोे। भने घटनापछि नेपाल सरकारले उनलाई सहिद घोषणा गरेको थियो।

अन्तिम अध्यावधिक: २६ फागुन २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस