कञ्चनपुर : दोधारा–चाँदनीमा आमाको ह*त्या, दिदी घा*इते

होमपेज / अपराध /
कञ्चनपुर : दोधारा–चाँदनीमा आमाको ह*त्या, दिदी घा*इते
  • रेडियो सुदूर सञ्चार
  • ४ चैत २०८२ (४ महिना अघि)
  • ३५१

कञ्चनपुर - 

कञ्चनपुरमा एक युवकले धारिलो हतियार प्रहार गरी आमाको हत्या गरेका छन् भने दिदीलाई गम्भीर घाइते बनाएका छन्।

दोधारा–चाँदनी नगरपालिका–४, माननीय चोकका ५५ वर्षीय हरिप्रसाद श्रेष्ठले ७० वर्षीया कान्छी आमा बिन्द्रा श्रेष्ठको हत्या गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

मङ्गलबार साँझ जमिनसम्बन्धी विवादका क्रममा श्रेष्ठले आमामाथि खुकुरी प्रहार गर्दा उहाँको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख खड्कबहादुर खत्रीले जानकारी दिनुभयो।

प्रहरी उपरीक्षक खत्रीका अनुसार, श्रेष्ठले माइतीघरमा बस्दै आएकी ५० वर्षीया दिदी भगवतीदेवी माझीमाथि पनि खुकुरी प्रहार गरेका थिए। प्रहारबाट दाहिने हात र टाउकोमा गम्भीर चोट लागेकी माझीको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

भने, आमाको हत्या गरी फरार रहेका श्रेष्ठको खोजी भइरहेको छ। यस्तै, घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

अन्तिम अध्यावधिक: ४ चैत २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस