अशाेक पाण्डेय / धनगढी, कैलाली —
निशन्तानपनको समस्या भोगिरहेका दम्पतीहरूलाई लक्षित गर्दै धनगढीमा एक दिने नि:शुल्क स्वास्थ्य शिविर आयोजना हुने भएको छ।
काठमाडौंस्थित शुभश्री आई.भी.एफ. क्लिनिक र धनगढीको केयरटेकर हस्पिटलको संयुक्त आयोजनामा यहीँ चैत १४ गते (शनिबार) उक्त शिविर सञ्चालन हुन लागेको हो।
शिविरमा निशन्तानपन तथा आई.भी.एफ. विशेषज्ञ डा. रोजिना मानन्धर सहित विशेषज्ञ चिकित्सकहरूको टोलीले बिरामीहरूको परीक्षण तथा परामर्श दिने जनाइएको छ।
आधुनिक प्रविधिबाट उपचारसम्बन्धी जानकारी तथा सम्भावनाबारे प्रत्यक्ष परामर्श सेवा उपलब्ध गराइने आयोजकलाई उदृतगर्दै अशोक पाण्डेयले जनाए।
पाण्डेयका अनुसार शिविरमा सहभागी हुने सेवाग्राहीहरूलाई नि:शुल्क ओ.पी.डी. सेवा, विर्य परीक्षण (Semen Analysis) तथा विशेषज्ञ परामर्श प्रदान गरिनेछ।
साथै, अल्ट्रासाउन्ड सेवा रु. ५०० मा उपलब्ध गराइने र अन्य ल्याब परीक्षणहरूमा १५ प्रतिशत छुटको व्यवस्था गरिएको छ।
शिविर धनगढी उपमहानगरपालिका–३, शहिदगेट अगाडि रहेको साविक स्वस्तिक हस्पिटल (हाल केयरटेकर हस्पिटल) मा बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुने छ।
निशन्तानपन तथा स्त्रीरोगसम्बन्धी समस्या भएका दम्पतीहरूलाई उक्त अवसरको लाभ लिन आयोजकले आग्रह गरेको छ। थप जानकारी तथा नाम दर्ताका लागि ०९१–५२०२११ र ०९१–५२०५१२ मा सम्पर्क गर्न सकिने छ।