बेलौरी : एआई एक्स-रे प्रविधिबाट क्षयरोग खोज पड्ताल कार्यक्रम सम्पन्न

होमपेज / समाचार / स्वास्थ्य/शिक्षा /
तीन जनामा क्षयरोगको संक्रमण, २८ शंकास्पद
बेलौरी : एआई एक्स-रे प्रविधिबाट क्षयरोग खोज पड्ताल कार्यक्रम सम्पन्न
  • शीतल भट्ट
  • ७ बैशाख २०८३ (३ महिना अघि)
  • ६४१

बेलौरी, कञ्चनपुर -

नेपाल सरकारले सन् २०५० सम्ममा देशलाई क्षयरोग मुक्त बनाउने लिएको दीर्घकालीन लक्ष्यलाई पछ्याउँदै कञ्चनपुरको बेलौरी नगरपालिकामा तीन दिने खोज पड्ताल कार्यक्रम साेमबार सम्पन्न भएको छ।

बेलाैरी नगरपालिकालाई क्षयरोग मुक्त घोषणा गर्ने अभियान अन्तर्गत यहीँ वैशाख ५ देखि ७ गतेसम्म सञ्चालित उक्त शिविर सफलतापूर्वक सम्पन्न भएको हाे।

खाेज पड्ताल शिविरमा आधुनिक एआई एक्स-रे (AI-Xray) प्रविधिको प्रयोग गरी नागरिकहरूको स्वास्थ्य परीक्षण गरिएको बेलाैरी नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ।

​तीन दिनसम्म चलेको शिविरमा नगरपालिकाका विभिन्न वडाका कुल ५ सय २० जनाले सेवा लिएका छन्, जसमा ३ सय २३ महिला र १सय ९७ जना पुरुष सहभागी थिए।,

आधुनिक प्रविधिको सहयोगले समुदायस्तरमा लुकेर रहेका क्षयरोगका बिरामीहरू पहिचान गर्न निकै सहज भएको प्राविधिक टोलीको निष्कर्ष छ।

परीक्षणका क्रममा १ महिला र २ पुरुष गरी कुल ३ जनामा क्षयरोगको संक्रमण पुष्टि भएको छ। रोग देखिएका तीनै जनालाई तत्कालै क्षयरोग नियन्त्रण कार्यक्रममा दर्ता गराई आवश्यक उपचार प्रक्रिया सुरु गरिएकाे जनाइएको छ।

​यसैगरी, शिविरमा परीक्षण गरिएकामध्ये थप शंकास्पद देखिएका १७ महिला र ११ पुरुष गरी कुल २८ जनालाई थप विस्तृत जाँचका लागि 'जीन एक्सपर्ट' (Gene Xpert) प्रविधिमा सिफारिस गरिएको छ।

यस विशेष अभियानमा डा. दिलिप देउवा, रेडियोग्राफर निरीक्षक बिरेन्द्र चन्द र नगरपालिका स्वास्थ्य शाखाका कर्मचारीहरूकाे प्राविधिक सहयोग तथा बिरामीको जाँच गरेकाे थियाे ।

​समुदाय स्तरमा जनचेतना फैलाउँदै क्षयरोगको पहिचानलाई प्राथमिकतामा राखेर यो कार्यक्रम आयोजना गरिएको बेलौरी नगरपालिकाका क्षयरोग फोकल पर्सन मान बहादुर चन्दले जानकारी दिनुभयो।

उहाँका अनुसार नगरपालिकाले आगामी दिनमा पनि यस्ता अभियानहरूलाई निरन्तरता दिँदै पूर्ण क्षयरोग मुक्त नगर बनाउने संकल्प लिएको छ।

अन्तिम अध्यावधिक: ७ बैशाख २०८३
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस