पुनर्वास : विवाहमा गएका एक युवकको ह*त्या

होमपेज / अपराध / समाचार /
पुनर्वास : विवाहमा गएका एक युवकको ह*त्या
  • दिनेश चौधरी
  • ८ बैशाख २०८३ (१ महिना अघि)
  • ४७१

बेलाैरी, कञ्चनपुर - 

कञ्चनपुरमा विवाह समारोहमा गएका एक युवकको हत्या भएको छ। पुनर्वास नगरपालिका–५, भानुबस्तीका १८ वर्षीय उज्जल सायरको हत्या भएको हो।

प्रहरीका अनुसार गएराति विवाह कार्यक्रममा सहभागी भएका युवाहरूबीच सामान्य विवाद चर्किँदै जाँदा अर्को समूहका युवाले सायरमाथि धारिलो हतियार प्रहार गरेका थिए।

हतियार प्रहारबाट गम्भीर घाइते भएका सायरलाई उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पताल लगिएको थियो। तर, उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

कञ्चनपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले घटनामा संलग्न रहेको आशंकामा दुई जना युवकलाई नियन्त्रणमा लिएर सोधपुछ तथा अनुसन्धान भइरहेको जानकारी दिए।

मृतक सायरका परिवार तथा आफन्तहरूले घटनामा संलग्न सबै व्यक्तिमाथि कडा कानुनी कारबाहीको माग गरेका छन्। विवाहमा सहभागी हुन गएका छोरा अब कहिल्यै घर नफर्किने भएपछि परिवार शोकमा डुबेको छ।

अन्तिम अध्यावधिक: ८ बैशाख २०८३
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस