नेपाल ईट्टा उद्योग महासंघ सुदूरपश्चिम प्रदेश समितिद्वारा वृद्ध, अशक्त र असहायहरुलाई फलफूल

होमपेज / समाचार / समाज /
सामाजिक उत्तरदायित्व वहन : अध्यक्ष बुडाल
नेपाल ईट्टा उद्योग महासंघ सुदूरपश्चिम प्रदेश समितिद्वारा वृद्ध, अशक्त र असहायहरुलाई फलफूल
  • शीतल भट्ट
  • १२ बैशाख २०८३ (३ महिना अघि)
  • ५६३

बेलाैरी, कञ्चनपुर -

नेपाल ईट्टा उद्योग महासंघको १९औँ स्थापना दिवसको अवसरमा सुदूरपश्चिम प्रदेश समितिले धनगढीस्थित मानवसेवा आश्रममा रहेका वृद्ध, असक्त, असहाय तथा अलपत्र परेका ४५ जनालाई फलफूल वितरण गरेको छ।

महासंघको सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजित कार्यक्रममा आश्रममा आश्रित व्यक्तिहरूलाई शनिबार फलफूल वितरण गरिएको समितिले जनाएको हाे।

कार्यक्रम सुदूरपश्चिम प्रदेश अध्यक्ष बलदेव सिंह बुडालको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथिका रूपमा महासंघका शंकर बहादुर चन्द सहभागी थिए।

कार्यक्रममा महासंघका निवर्तमान अध्यक्ष शिवराज पाण्डे, सल्लाहकार सदस्य, सह–सचिव कृष्णबहादुर तामाङ, उद्योगी रमेश बिष्ट, कोषाध्यक्ष सुरज श्रेष्ठ, प्रदेश वरिष्ठ उपाध्यक्ष तथा अन्य सदस्यहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै अध्यक्ष बलदेव सिंह बुडालले उद्योग क्षेत्रले नाफामुखी गतिविधिसँगै सामाजिक उत्तरदायित्व पनि वहन गर्नुपर्ने बताए।

उनले समाजका विपन्न, असहाय र उपेक्षित वर्गप्रति सहयोग पुर्‍याउनु उद्योगीहरूको दायित्व भएको उल्लेख गर्दै यस्ता कार्यक्रमलाई आगामी दिनमा अझ विस्तार गरिने जनाए।

त्यस्तै प्रमुख अतिथि शंकर बहादुर चन्दले स्थापना दिवसलाई केवल औपचारिकतामा सीमित नराखी सामाजिक सेवासँग जोडेर मनाउनु सकारात्मक सन्देश रहेको बताए।

उनले उद्योगीहरू समाजको अभिन्न हिस्सा भएकाले मानव सेवा र सामाजिक सहयोगका कार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।

मानवसेवा आश्रमका प्रतिनिधिहरूले महासंघको यस  कार्यप्रति आभार व्यक्त गरेका छन्।

अन्तिम अध्यावधिक: १२ बैशाख २०८३
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस