नागरिकका गुनासाहरुकाे प्रत्यक्ष सम्बोधन गर्नुहुँदै — सांसद बोहरा

होमपेज / मुख्य समाचार / राजनीति / समाचार /
जनतामा आशा
नागरिकका गुनासाहरुकाे प्रत्यक्ष सम्बोधन गर्नुहुँदै — सांसद बोहरा
  • शीतल भट्ट
  • १४ बैशाख २०८३ (३ महिना अघि)
  • ५०६

कञ्चनपुर -

कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ का संघीय सांसद माननीय दीपक राज बोहराले स्थानीयस्तरमा देखिएका विभिन्न समस्या समाधानका लागि संघीय र स्थानीय सरकारबीच प्रभावकारी समन्वय अपरिहार्य रहेको बताएका छन्।

क्षेत्रका नागरिकहरूबाट प्राप्त गुनासाहरूलाई प्रत्यक्ष सम्बोधन गर्ने उद्देश्यले शुक्लाफाँटा नगरपालिका पुगेर नगर प्रमुख रण बहादुर महरासँग छलफल गर्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन्।

नगरपालिकामा भएको छलफलका क्रममा सांसद बोहराले निर्देशनात्मक शैलीमा स्थानीय सरकारलाई सक्रियता बढाउन आग्रह गर्दै भने, “वर्षायाममा हुने नदी कटान नियन्त्रणका लागि तत्काल तटबन्ध निर्माणको प्रक्रिया अघि बढाउनुस्, शहरी क्षेत्रमा बढ्दो सवारी चापलाई व्यवस्थित गर्न आवश्यक स्थानमा पार्किङ व्यवस्थापन सुनिश्चित गर्नुस्, र सामुदायिक शिक्षामा देखिएका समस्या ढिलाइ नगरी समाधान गर्न ठोस योजना कार्यान्वयनमा ल्याउनुस्।”

उनले स्थानीय तह जनताको सबैभन्दा नजिकको सरकार भएकाले नागरिकका दैनिक समस्याहरू समाधानमा अग्रसरता लिनु स्थानीय सरकारको प्रमुख जिम्मेवारी भएको स्पष्ट पारे।

साथै, संघीय सरकारबाट आवश्यक सहयोग र समन्वय उपलब्ध गराउन आफू प्रतिबद्ध रहेको उल्लेख गरे।
छलफलमा नगर प्रमुख रण बहादुर महराले सांसदले उठाएका विषयहरूलाई गम्भीरतापूर्वक लिएको जनाउँदै ती समस्याहरू समाधानका लागि नगरपालिकाले योजनाबद्ध रूपमा काम अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे।

संघीय सांसद र स्थानीय सरकार प्रमुखबीचको यस्तो सक्रिय समन्वयले क्षेत्रको समग्र विकास र जनसेवामा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

अन्तिम अध्यावधिक: १४ बैशाख २०८३
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस