एसइई को नतिजा सार्वजनिक

होमपेज / स्वास्थ्य/शिक्षा /
‘एस एम एस’ गरेर वा सिधै ‘वेबसाइट’मा गएर नजिता हेर्न सकिने
एसइई को नतिजा सार्वजनिक
  • रेडियो सुदूर सञ्चार
  • २८ बैशाख २०८३ (२ महिना अघि)
  • ३४१

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेको छ।

कार्यालयले नतिजा हेर्न ‘एस एम एस’ गरेर वा सिधै ‘वेबसाइट’मा गएर एसइईको नजिता हेर्न सकिने व्यवस्था गरेको छ । 

यस वर्ष गत चैत १९ गतेदेखि देशभरका एक हजार ९ सय ६६ परीक्षा केन्द्रबाट परीक्षा सुरु भएको थियो । यस वर्ष पाँच लाख १२ हजार ४ सय २१ जना विद्यार्थीले र जापानको एक परीक्षा केन्द्रबाट २३ जना परीक्षामा सहभागी हुन आवेदन दिएका थिए । 

Extreme Energy

citizen life

चैत २९ गते सम्पन्न एसइई परीक्षाको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न सरकारले बोर्डलाई निर्देशन दिएपछि बोर्डले वैशाख २९ गतेभित्र नतिजा सार्वजनिक गर्ने गरी तयारी गरेको थियो । 

विगतमा परीक्षा सम्पन्न भएको करिब तीन महिनामा नतिजा सार्वजनिक हुने गरेको भए पनि यस वर्ष शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले परीक्षा सुरु हुनुभन्दा पहिले नै बोर्डलाई एक महिनाभित्र नतिजा सार्वजनिक गर्न निर्देशन दिएका थिए ।

यस वर्ष परीक्षा भएकै केन्द्रमा परीक्षा सकिएको तीन दिनभित्र परीक्षाको उत्तरपुस्तिका परीक्षण गरिएको थियो ।

यसरी हेर्न सकिन्छ नतिजा 
    
बोर्डले आज एक सूचना जारी गर्दै एसइईको नतिजा हेर्ने वेबसाइटसहितको सूची सार्वजनिक गरेको छ । जसअनुसार एसएमएस, आइभिआर र विभिन्न वेबसाइटबाट नतिजा हेर्न सकिने जनाएको छ ।

विद्यार्थीहरूले आफ्नो मोबाइलको मेसेज बक्समा गई आधिकारिक सर्टकोडमार्फत नतिजा हेर्न सक्ने कार्यालयले जनाएको छ । 

त्यस्तै, नेपाल टेलिकमको १६०० मा कल, एसएमएस र यु एस एसडी मार्फत नतिजा हेर्न सकिने व्यवस्था गरेको छ । परीक्षा नियन्त्रण कार्यालय कक्षा १० को वेबसाइट (www.see.gov.np), राष्ट्रिय परीक्षा बोर्ड (www.neb.gov.np) र नेपाल टेलिकम (www.see.ntc.net.np) लगायतबाट नतिजा हर्न सकिन्छ। 

अन्तिम अध्यावधिक: २८ बैशाख २०८३
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस