मोहना नदीमा पक्की पुल निर्माणको प्रक्रिया अघि बढ्यो

होमपेज / मुख्य समाचार / समाचार /
मोहना नदीमा पक्की पुल निर्माणको प्रक्रिया अघि बढ्यो
  • चन्द्रिका चौधरी
  • १० जेठ २०८३ (२ महिना अघि)
  • ४०६

बेलाैरी, कञ्चनपुर —

कैलाली र कञ्चनपुर जोड्ने वैकल्पिक मार्गका रूपमा पुनर्वास नगरपालिका–११ रामजानकी टोलस्थित मोहना नदीमा पक्की पुल निर्माणको प्रक्रिया अघि बढाइएको छ ।

पुनर्वास–११ रामजानकी टोल र धनगढी उपमहानगरपालिका–३ बराडालाई जोड्ने पुल निर्माणका लागि शुक्रबार स्थलगत सर्वेक्षण तथा प्राविधिक अवलोकन गरिएको हो ।

स्थलगत अवलोकनमा सुदूरपश्चिम प्रदेश सभा विधायन समिति सभापति तथा प्रदेश सभा सदस्य दिवान सिंह विष्ट, पूर्वाधार विकास कार्यालय कञ्चनपुरका डी. पदम मडै, स्थानीय जनप्रतिनिधि तथा प्राविधिक टोलीको सहभागिता रहेको थियो ।

प्रदेश सरकारले कैलाली–कञ्चनपुरबीच सहज आवतजावतका लागि वैकल्पिक मार्ग विस्तार गर्ने उद्देश्यले पुल निर्माण प्रक्रिया अघि बढाएको जनाएको छ ।

प्रदेश सभा सदस्य विष्टले गौरीफन्टा नाका मा रातिको समयमा हुने आवतजावत समस्यालाई ध्यानमा राख्दै उक्त पुल निर्माण आवश्यक रहेको बताए ।

उनले पुल निर्माणपछि पुनर्वास क्षेत्र हुँदै कैलाली र कञ्चनपुरबीच चौबीसै घण्टा सहज तथा निर्वाध आवतजावत सम्भव हुने बताए ।

स्थानीयवासीले समेत पुल निर्माणपछि व्यापार, शिक्षा, स्वास्थ्य तथा दैनिक आवतजावतमा ठूलो सहजता आउने विश्वास व्यक्त गरेका छन् ।

अन्तिम अध्यावधिक: १० जेठ २०८३
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस