प्रतिनिधिसभा बैठक भोलिसम्मलाई स्थगित

होमपेज / राजनीति /
प्रतिनिधिसभा बैठक भोलिसम्मलाई स्थगित
  • रेडियो सुदूर सञ्चार
  • २५ जेठ २०८३ (८ घण्टा अघि)
  • २०

प्रतिनिधिसभा बैठक भोलि (मंगलबार)सम्मलाई स्थगित भएको छ । सोमबार १५ मिनेटका लागि स्थगित भएको बैठक भोलिसम्मलाई सूचना टाँस गरी स्थगित भएको जानकारी गराइएको हो ।

१५ मिनेटका लागि स्थगित भएको प्रतिनिधिसभा बैठक विशेष कारणले उक्त समयमा बस्न नसक्ने भएकोले प्रतिनिधिसभा नियमावली ०८३ को नियम ६ को उपनियम ३ बमोजिम सभामुखले सभाको बैठक जेठ २६ गते मंगलबार दिनको साढे १ बजे बस्ने गरी निर्धारण गर्नु भएको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’ संसद् सचिवालयले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रधानमन्त्री बालेन शाहले केही दिनअघि संसद्‌बाटै नेपालले पनि भारतको भूमि मिचेको भन्ने अभिव्यक्ति दिएसँगै विपक्षीहरूले प्रतिनिधिसभा बैठक अवरुद्ध गर्दै आइरहेका छन् । विपक्षी दलले प्रधानमन्त्रीले आफ्नो भनाइ संसद्‌मै आएर सच्याउनुपर्ने अडान राखेका छन् ।

अन्तिम अध्यावधिक: 0000-00-00 00:00:00
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस