कञ्चनपुर : सरकारी कार्यालयहरूको प्रभावकारिता बढाउन सांसद बोहराद्वारा अनुगमन

होमपेज / मुख्य समाचार / समाचार /
सुशासन र सहज सेवा प्रभावमा जाेड
कञ्चनपुर : सरकारी कार्यालयहरूको प्रभावकारिता बढाउन सांसद बोहराद्वारा अनुगमन
  • शीतल भट्ट
  • १९ असार २०८३ (६ घण्टा अघि)
  • १०१

बेलाैरी, कञ्चनपुर - 

संघीय संसद्अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको तर्फबाट गठित उपसमितिले सुदूरपश्चिम प्रदेशका सरकारी कार्यालयहरूको स्थलगत अनुगमनलाई तीव्रता दिएको छ।

उपसमितिको नेतृत्व गरिरहनुभएका कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य दीपक राज बोहराले कञ्चनपुर र कैलालीस्थित कारागार तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यालयहरूको स्थलगत अनुगमन गर्नुभएको हो।

अनुगमनका क्रममा सेवा प्रवाह, सुशासन, पारदर्शिता, कैदीबन्दी व्यवस्थापन तथा कार्यालयहरूको समग्र कार्यसम्पादनबारे विस्तृत जानकारी लिइएको थियो।

साथै सेवा प्रवाहलाई अझ प्रभावकारी, उत्तरदायी र नागरिकमैत्री बनाउन आवश्यक सुझाव तथा निर्देशनसमेत दिइएको छ।

सांसद बोहराले सरकारी निकायहरूले सुशासन, पारदर्शिता र जवाफदेहितालाई उच्च प्राथमिकतामा राख्दै नागरिकले सहज, छिटोछरितो र गुणस्तरीय सेवा पाउने वातावरण सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो।

साथै कारागार व्यवस्थापनलाई थप व्यवस्थित, सुरक्षित र सुधारमुखी बनाउन सम्बन्धित निकायलाई आवश्यक निर्देशनसमेत दिनुभएको थियो।

राज्य व्यवस्था तथा सुशासन समितिको उपसमितिले सुदूरपश्चिम प्रदेशका विभिन्न सरकारी कार्यालयहरूको कार्यसम्पादन, सेवा प्रवाह र सुशासनको अवस्थाबारे स्थलगत अध्ययन गर्दै सुधारका लागि आवश्यक सुझाव संकलन गरिरहेको जनाएको छ।

अन्तिम अध्यावधिक: १९ असार २०८३
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस