शीतल भट्ट / बेलौरी, कञ्चनपुर -
शनिबार सम्पन्न बेलौरी उद्योग वाणिज्य संघको पाँचौँ वार्षिक साधारण सभाले नयाँ नेतृत्व चयन गरेको छ।
साधारण सभाबाट अध्यक्षमा प्रकाशराज पन्त, वरिष्ठ उपाध्यक्षमा महेन्द्रसिंह बुडाल (मन्नु), उद्योग उपाध्यक्षमा राजबहादुर चन्द (राजेन्द्र), वाणिज्य उपाध्यक्षमा वसन्त पुन मगर, महासचिवमा रामेश्वर न्यौपाने, सचिवमा रिता चौधरी तथा कोषाध्यक्षमा रघुवीर भण्डारी निर्वाचित भएका छन्।
त्यसैगरी कार्यसमिति सदस्यहरूमा कैलाससिंह बिष्ट, बाशुदेव भट्ट "शीतल", यमबहादुर खत्री, विष्णुमाया कडेल, दिनेश बखरिया चौधरी, तारासिंह बिष्ट, यलोना श्रेष्ठ तथा अशोक चौधरी निर्वाचित भएका छन्।
नवनिर्वाचित कार्यसमितिले उद्योगी–व्यवसायीहरूको हकहित संरक्षण, निजी क्षेत्रको प्रवर्द्धन, स्थानीय व्यापार तथा उद्योगको विकास र संस्थाको प्रभावकारी नेतृत्वमार्फत व्यवसायीहरूको साझा हितमा काम गर्ने अपेक्षा गरिएको छ।