बेलौरी, कञ्चनपुर –
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सरकारमा सहभागी नेकपा (एमाले)का मन्त्रीहरूलाई पदमुक्त गरेका छन्।
यसअघि मुख्यमन्त्री शाहले सरकारमा रहने वा बाहिरिने विषयमा तत्काल स्पष्ट निर्णय गर्न एमालेलाई आग्रह गरेका थिए।
उक्त आग्रहपछि एमाले नेतृत्व आन्तरिक छलफलमा जुटेको थियो। उता, एमालेको समर्थन नपाए सरकारको आगामी रणनीति के हुने भन्ने विषयमा मुख्यमन्त्री शाह पनि निरन्तर परामर्शमा थिए।
एमालेले सरकारलाई निरन्तरता दिने सम्भावना नरहेको संकेत पाएपछि मुख्यमन्त्री शाहले एमालेका मन्त्रीहरूलाई पदमुक्त गर्ने निर्णय गरेका हुन्।