देवानगञ्ज घ*टनाप्रति विश्व हिन्दु महासंघको ध्यानाकर्षण, धार्मिक सद्भाव कायम राख्न अपिल

होमपेज / विविध / समाज /
देवानगञ्ज घ*टनाप्रति विश्व हिन्दु महासंघको ध्यानाकर्षण, धार्मिक सद्भाव कायम राख्न अपिल
  • चन्द्रिका चौधरी
  • १८ साउन २०८३ (६ घण्टा अघि)
  • ३१

बेलाैरी, कञ्चनपुर, साउन १८ —

विश्व हिन्दु महासंघ राष्ट्रिय समितिले सुनसरीको देवानगञ्जमा भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

महासंघले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत धार्मिक सद्भाव, सामाजिक सहअस्तित्व र शान्ति कायम राख्न सबै पक्षसँग अपिल गरेको हो।

विश्व हिन्दु महासंघ राष्ट्रिय समितिका उपाध्यक्ष शिरोमणि कुमार ओझाद्वारा हस्ताक्षरित विज्ञप्तिमा देवानगञ्ज क्षेत्रमा शिव आराधनामा सहभागी सनातनी भक्तजनमाथि भएको भनिएको आक्रमणप्रति चिन्ता व्यक्त गर्दै लामो समयदेखि हिन्दु र मुस्लिम समुदायबीच कायम रहेको आपसी सद्भावलाई कमजोर बनाउने कुनै पनि गतिविधि स्वीकार्य हुन नसक्ने जनाएको छ।

जात, वर्ग, क्षेत्र, लिङ्ग तथा समुदायबीचको एकता र सहअस्तित्वमा खलल पुर्‍याउने गतिविधिको पहिचान गरी त्यस्ता कार्य रोक्न राज्यले प्रभावकारी कदम चाल्नुपर्ने महासंघको माग छ।

महासंघले राज्य, धार्मिक संघसंस्था, नागरिक समाज तथा राजनीतिक दलहरूको पहलबाट अवस्था नियन्त्रणतर्फ उन्मुख रहेको जनाउँदै सबै समुदायलाई संयमित भई सामाजिक सद्भाव र भाइचारा कायम राख्न आग्रह गरेको छ।

घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै महासंघले यस्ता घटना दोहोरिन नदिन प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ।

उपाध्यक्ष ओझाद्वारा हस्ताक्षरित विज्ञप्तिमा संवैधानिक प्रक्रियामार्फत नेपाललाई लोकतान्त्रिक सनातन हिन्दु राष्ट्र घोषणा गर्ने विषयमा समेत आफ्नो धारणा प्रस्तुत गरिएको उल्लेख छ।

अन्तिम अध्यावधिक: १८ साउन २०८३
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस