बाजुराको स्वामीकार्तिक गाउँपालिकाकाे उपाध्यक्षमा एमालेकी भण्डारी विजयी

होमपेज / मुख्य समाचार /
बाजुराको स्वामीकार्तिक गाउँपालिकाकाे उपाध्यक्षमा एमालेकी भण्डारी विजयी
  • रेडियो सुदूर सञ्चार
  • १७ मंसिर २०८१ (१ बर्ष अघि)
  • २७८

बाजुरा -

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेकी सुलोचनाकुमारी भण्डारी विजयी भएकी छिन्। भण्डारी एक हजार ७४० मत प्राप्त गरी विजयी भएकी हुन्।

भण्डारीकी निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी पुल्तिसरा शाहीले एक हजार ४७४ प्राप्त गरेको को मुख्य निर्वाचन अधिकृत सञ्जीव पोखरेलले जानकारी दिए। कुल सात हजार ४६० मध्ये तीन हजार ९०३ मत खसेको थियो ।

निर्वाचित भण्डारी विसं २०७९ को स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसकी मैनादेवी जोशीसँग पराजित भएकी थिइन्। गाउँपालिकाकी तत्कालीन उपाध्यक्ष जोशीको २०८० माघ ४ गते निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो।

अन्तिम अध्यावधिक: १७ मंसिर २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस