कैलाली : मोटरसाइकलको ठक्करबाट एक जनाको मृ*त्यु, ३ जना घाइते

होमपेज / दुर्घटना / मुख्य समाचार / समाचार / समाज /
  • रेडियो सुदूर सञ्चार
  • २४ माघ २०८१ (४ महिना अघि)
  • १००८

कैलाली -

कैलालीमा मोटरसाइकलको ठक्करबाट साइकलमा सवार एक जनाको मृत्यु भएको छ । बुधबार राति पूर्वपश्चिम राजमार्गअन्तरगत बर्दगोरिया गाउँपालिका-२ को सम्झना चोकमा सुपप्र०१००९ प ९०७६ नम्बरको मोटरसाइकलले साइकललाई ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट साइकल पछाडि सवार लम्कीचुहा नगरपालिका-१० बस्ने १६ वर्षीय दिनेश तिमिल्सिनाको मृत्यु भएको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कवीन्द्र सिंह बोहराले जानकारी दिए ।

उनकाअनुसार ठक्करबाट गम्भीर घाइते भएका तिमिल्सिनाको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकल चालकसहित तीन जना घाइते भएका छन् ।

घाइते हुनेमा मोटरसाइकल चालक २५ वर्षीय नवीन चौधरी, पछाडी सवार बर्दियाको आशापुर-८ बस्ने २२ वर्षीय मंगल राजपुत र साइकल चालक लम्कीचुहा नगरपालिका-१० बस्ने १५ वर्षीय लोकेश भण्डारी रहेका छन् । उनीहरुमध्ये गम्भीर अवस्थाका मोटरसाइकल चालकको कोहलपुर र अन्य दुई जनाको कैलालीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

अन्तिम अध्यावधिक: २४ माघ २०८१
Loading...
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस