भूमि आयोग कञ्चनपुरले पूर्णता पायो अब भूमि आयोगको काम अघि बढ्छ : अध्यक्ष पन्त

होमपेज / मुख्य समाचार / समाचार / समाज /
  • रेडियो सुदूर सञ्चार
  • १ फागुन २०८१ (३ महिना अघि)
  • २५७

केशव थापा / कञ्चनपुर -

भूमी समस्या समाधान आयोग कञ्चनपुरले पूर्णता पाएको छ । यस अघि अध्यक्ष मात्रै नियुक्त गरिएको थियो, अहिले आयोगका विज्ञ सहितका सदस्य नियुक्त गरेसंगै जिल्लाले पूर्णता पाएको हो ।

भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले शुरुवातमै जिल्ला अध्यक्ष नेत्र प्रकास पन्तलाई नियुक्त गरेको थियो, त्यसपछि विज्ञ सदस्यमा दिल बहादुर सिजाली, सदस्यमा दिल बहादुर देउवा र महिला सदस्यमा कल्पना चौधरीलाई नियुक्त गरेको छ । अध्यक्ष पन्त र सदस्य चौधरी नेकपा एमालेबाट, विज्ञ सदस्य सिजाली र सदस्य देउवा काँग्रेसबाट नियुक्त भएका हुन् ।

दोधाराचाँदनी नगरपालिका ६का पुर्व वडाध्यक्ष समेत रहेका सिजालीलाई यस पटक भूमि विज्ञ सदस्यको जिम्मेबारी पाईएको छ । यस अघि पनि सदस्य रहेका देउवा पुन दोहोरिएका छन् । बिहीबार जिल्लामा विज्ञ सदस्य सिजाली, सदस्यद्वय देउवा र चौधरीले समेत पदभार सम्हालेका छन् । पद्भाव सम्हाल्दै सदस्य त्रयले दिएको जिम्मेबारी निर्भिकताका साथ पुरा गर्ने प्रण गरेका छन्  । विज्ञ सदस्य दिल बहादुर सिजालीले आफुमा रहेका विज्ञता फिल्डमा कार्यान्वयन गर्दै जनतालाई जमिनको मालिक बनाउने संकल्प गरेका छन्  । 

दुई पटक सदस्यमै जिम्मेबारी पाएका दिल बहादुर देउवाले पहिलेको अनुभवलाई दोस्रो कार्यकालमा समेत कार्यान्वयन गरेर घर घरमै पुगेर लालपुर्जा दिने सकल्प गरेका छन् । महिला सदस्य समेत रहेकी कल्पना चौधरीले भूमि अधिकारबाट बञ्चित जनतालाई अधिकार दिलाउने बताईन । 

भूमि आयोग कञ्चनपुरका अध्यक्ष नेत्र प्रकास पन्तले आयोगले पूर्णता पाएसंगै कामकाज अघि बढाएर यही आयोगलाई अन्तिम बनाएर जनताको काम फत्ते सक्ने बताए । अध्यक्ष पन्तले विगतका आयोगले गरेका कामको स्वामित्व ग्रहण गर्दै तिव्रत्तर रुपमा भूमि सम्बन्धीका समस्या समाधान तर्फ अघि बढिने बताए । 

कार्यक्तमका प्रमुख अथिति समेत रहेका जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले अब जिल्लामा भूमि आयोगले पूर्णता पाएसंगै युद्धस्तरमा जनताको समस्या समाधान तर्फ केन्द्रीत हुन आब्हान गरेका छन् । कार्यक्रममा विभिन्न सरकारी कार्यालयका प्रतिनिधी सहितका सरोकारवाला सहभागि भएका थिए । यस अघिका आयोगले लालपुर्जा वितरणदेखि फारम संकलन गरेका थिए ।

अव्यवस्थित बसोबासी, भूमिहिन दलित र भूमिहिन सुकुमबासी गरेर झण्डै ६० हजार हाराहारीमा फारम भरेका थिए । आयोग बनेसंगै फेरी जनता लालपुर्जा पाउने आशावादी भएका छन् । तर, आयोग बन्ने सरकार परिर्वतन हुँदा लालपुर्जा पाउने आशमा रहेका जनता सरकार ढल्दा निरास हुने गरेका पनि छन् । 

अन्तिम अध्यावधिक: १ फागुन २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस