कञ्चनपुर : नेपाल शिक्षक महासंघ बेलाैरी नगर समितिद्वारा खबरदारी 

होमपेज / मुख्य समाचार / समाचार / समाज /
सहमति अनुरुप शिक्षा ऐन जारी नगरे चरणबद्ध संघर्ष गर्ने चेतावनी
  • चन्द्रिका चौधरी
  • ६ फागुन २०८१ (२ महिना अघि)
  • २५५

बेलाैरी, कञ्चनपुर - 

नेपाल शिक्षक महासंघ बेलाैरी नगर समितिले हातमा कालोपट्टी बाँधेर खबरदारी गरेका छन् ।

मंगलबार शिक्षक महासंघकाे राष्ट्रिय आन्दोलनका कार्यक्रम अन्तर्गत बेलौरी पालिकामा पनि शिक्षकहरुले हातमा कालाेपट्टी बाँधी खबरदारी गरेका हुन् । 

शिक्षक महासंघ बेलौरी नगर समिति अध्यक्ष प्रेम अधिकारीकाे संयोजकत्वमा खबरदारी जुलुस गरिएकाे शिक्षक सुरेन्द्र बाेहराले जानकारी दिए । 

शिक्षक संघ बेलाैरी नगर सभापति समेत रहेका बाेहराले- 

स्थानीय शिक्षकहरुद्वारा हातमा कालोपट्टी बाँधेर खबरदारी गर्दै बेलौरी नगर उपप्रमुख जोगराम चौधरीलाई ध्यानाकर्षण पत्र बुझाएकाे बताए ।

सरकारले पटक-पटक शिक्षक कर्मचारी संग गरेका सहमति समेटेर तत्काल नयाँ शिक्षा ऐन जारी गर्न दबाब दिने उद्देश्यका साथ महासंघले देशैभर विभिन्न आन्दोलनका कार्यक्रमहरु गरिरहेको छ ।

यस्तै, सरकारले पछिल्ला सहमति अनुरुप नयाँ शिक्षा ऐन जारी नगरे शिक्षक कर्मचारी चरणबद्ध आन्दोलनमा उत्रिने  चेतावनी समेत दिएका छन् । 

अन्तिम अध्यावधिक: ६ फागुन २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस