दार्चुला -
दार्चुलाको महाकाली नगरपालिका–५ किम्तडीमा पहिरो खस्दा महाकाली लोकमार्ग अवरुद्ध भएको छ ।
पहिरो खसेपछि शुक्रबार बिहानदेखि यातायात सेवा ठप्प भएको प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिएका छन् ।
सडक अवरुद्ध हुँदा तराईका विभिन्न जिल्लाबाट जिल्ला सदरमुकामका लागि छुटेका तथा जिल्लाबाट बाहिरिने सवारीसाधनहरू बाटोमै अलपत्र परेका छन् ।
किम्तडीमा गत माघ दोस्रो साता पनि पहिरो गएको थियो ।