कञ्चनपुर -
कञ्चनपुरबाट लागूऔषध(खैरो हेरोइन) सहित पाँच जना पक्राउ परेका छन् ।
जिल्लाको भीमदत्त नगरपालिका-६ बनगाउँ चौक ऐसी होटेल अगाडीबाट सोही ठाउँ बस्ने २० वर्षीय दिवस चन्द, भीमदत्त नगरपालिका-१८ बस्ने नरेश बम र बमकी श्रीमती हिरा बमसहित ३ जना पक्राउ परेका छन् । १ दशमलव ५३ ग्राम खैरो हेरोइनसहित तिनै जनालाई लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।
यसैगरी लालझाडी गाउँपालिका-३ बल्मीबाट सोही ठाउँ बस्ने २२ वर्षीय मिलन राना र लालझाडी गाउँपालिका-२ कञ्ज बस्ने २७ वर्षीय पुरन राना पक्राउ परेका छन् । यी दुबै जनालाई शुन्य दशमलव ८६ ग्राम खैरो हेरोइनसहित इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।