Advertisement
Skip This
ट्रेण्डिङ

बेलौरी : महाकालीमा अखिल क्रान्तिकारीको प्यानलै विजयी  

होमपेज / विविध / समाचार / समाज /
  • चन्द्रिका चौधरी
  • ५ चैत २०८१ (७ महिना अघि)
  • २७१६

बेलाैरी, कञ्चनपुर -

कञ्चनपुरको बेलाैरीमा रहेको महाकाली बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीको प्यानलै विजयी भएको छ।

मंगलबार सम्पन्न भएको स्वतन्त्र विद्यार्थी यूनियन(स्ववियु) निर्वाचनमा नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको प्यानलै विजयी भएको हो। 

अखिल क्रान्तिकारीका नेता दिपक चौधरीले नेवि संघका महेन्द्र भाटलाई ३५ मतको अन्तरले पन्छ्याउदै सभापतिमा निर्वाचित भएका छन्।

अनेरास्ववियुका सञ्जु कुमारी चौधरी र राप्रपा निकट ममता भट्ट पनि पराजित भएकी छिन्। 

अखिल क्रान्तिकारीका चौधरीले १ सय ३८ मत, नेवि संघका भाटले १ सय ३, अनेरास्ववियुकी चौधरीले ६४ र राप्रपाकी भट्टले ४ मत पाएकी छिन्।

सचिवमा अखिल क्रान्तिकारीकै लक्ष्मी बडायक १ सय २६ कोषाध्यक्षमा दब्बोरा नेपाली १ सय १८ निर्वाचित भएकी छिन्।

यस्तै, सदस्य हिरा कुँवर, जिवन राना, जयन्ती लुहार, सम्झना चौधरी, हेमन्ती राना निर्वाचित भएकी छिन्। अघिल्लो पटक नेविसंघले जितेको उक्त क्याम्पसमा अखिल क्रान्तिकारीले जितेको हो। 

३ सय ६४ मतदाता मध्ये ३ सय ९ खसेकाे निर्वाचन मण्डलले जनाएको छ ।

अखिल क्रान्तिकारीकाे प्यानल नै विजयी भएपछि शुभेच्छुक शुभचिन्तकहरुले बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

 

अन्तिम अध्यावधिक: ५ चैत २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस