कञ्चनपुर -
लालझाडी गाउँपालिका–४ स्थित जयदुर्गा सामुदायिक वनमा सालको रुख कटानी गरेको आरोपमा अध्यक्षलाई पक्राउ गरिएको छ । रुख कटानीको आरोपमा सामुदायिक वनका अध्यक्ष दानसिंह कार्कीलाई पक्राउ गरिएको हो ।
सामुदायिक अध्याक्षकै संलग्नतामा सालको रुख काटिएपछि उनलाई पक्राउ गरिएको लालझाडी सवडिभिजन वन कार्यालयका प्रमुख करुणकर जाेशीले बताए । उनका अनुसार उनीसँगै सालको २८.३४ क्यूफिट काठ बरामद गरिएको छ ।
उनलाई वन ऐन २०७६ तथा वन नियमावली २०७९ अनुसार कारबाही गरिने वन अधिकृत जाेशीले बताए । ‘उनीमाथि अनुसन्धान गरिरहेका छौं, उनलाई वन ऐन अनुसार कारबाही हुन्छ ।’