Advertisement
Skip This
ट्रेण्डिङ

बेलाैरी : नेपाल शिक्षक संघ बेलौरी नगर समितिको छैठौं प्रतिनिधि सभा सम्पन्न

होमपेज / मुख्य समाचार / विविध / समाज /
  • चन्द्रिका चौधरी
  • ९ चैत २०८१ (७ महिना अघि)
  • ५७०

बेलाैरी, कञ्चनपुर - 

नेपाल शिक्षक संघ बेलौरी नगर समितिको छैठौं प्रतिनिधि सभा सम्पन्न भएको छ ।

शनिबार जनज्योति मावि कलकत्ताको सभाहलमा उक्त सभा सम्पन्न भएकाे शिक्षक संघ बेलाैरी नगर सभापति सुरेन्द्र राज बाेहराले बताए । 

रेडियो सुदूर सञ्चार संगकाे कुराकानीमा उनले भने - संघले गरेका वार्षिक गतिविधिहरुको समिक्षाका साथै शिक्षकका शैक्षिक समस्यालाई समाधान गर्ने उद्देश्यका साथ छैठौं प्रतिनिधि सभा सम्पन्न गरिएको हाे ।,

वैज्ञानिक शिक्षण सिकाइमा जाेड दिदैं सभाले पेशागत हकहित र शैक्षिक सुधारका लागि स्थानीय देखि केन्द्रीय स्तरसम्म संघर्ष गरिरहेको उनको कथन छ।

नेपाल शिक्षक संघ कञ्चनपुर जिल्ला अध्यक्ष वीरेन्द्र सिंह भण्डारीकाे प्रमुख आतिथ्यता रहेको कार्यक्रममा संघीय प्रतिनिधि टेकराज अवस्थी, महासंघ बेलौरी नगर सचिव टेकसिंह विष्ट, महिला शिक्षक समाज जिल्ला अध्यक्ष मिना कुँवर लगायत सराेकारवाला शिक्षकहरुकाे सहभागीता रहेको थियो ।

शिक्षक संघ बेलौरी नगर सभापति सुरेन्द्र राज बोहराको सभापतित्व सम्पन्न कार्यक्रममा आर्थिक तथा प्रगति प्रतिवेदन प्रस्तुत गरी अनुमोदन गरिएकाे जनाइएको छ ।

अन्तिम अध्यावधिक: ९ चैत २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस