कञ्चनपुर -
कञ्चनपुरमा अवैध काठ र डल्लबसहित एक जना पक्राउ परेका छन् ।
जिल्लाको कृष्णपुर नगरपालिका-४ क्याम्पस टोलबाट सोही ठाउँ बस्ने ५७ वर्षीय कर्णबहादुर बोहराले गाडा (डल्लब) मा लोड गरील्याउदै गरेको सिसमको ४ गोलिया १२ क्युफिट र सालको दुई बल्ली ५ क्युफिटसहित शुक्रवार पक्राउ परेका हुन् ।
अन्दाजी मूल्य २५ हजार बराबरको अबैध काठ, गोरु सहितको डल्लब र बोहरालाई नियन्त्रणमा लिई सव डिभिजन वन कार्यालय कृष्णपुर कञ्चनपुरको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।