के हो औलो रोग ? यस्ता छन् लक्षण र बच्ने उपायहरू !

होमपेज / स्वास्थ्य/शिक्षा /
  • रेडियो सुदूर सञ्चार
  • १२ बैशाख २०८२ (६ दिन अघि)
  • २३८

औलो 'एनोफिलिज' जातको संक्रमणमित पोथी लामखुट्टेको टोकाइबाट फैलिने एउटा गम्भीर प्रकारको रोग हो ।

औलो भनेको के हो र यो रोग कसरी लाग्न सक्छ ?

समान्य रुपमा औलो भनेर चिनिने मलेरिया एनोफिलिज जातको संक्रमणमित पोथी लामखुट्टेको टोकाइबाट फैलिने एउटा गम्भीर प्रकारको रोग हो ।

के के हुन् त औलोका लक्षणहरु ?

- १० देखी १५ दिन सम्म ज्वरो आउनु

- टाउको दुख्नु

- शरीरका भित्री अंग सुन्निनु

- जोर्नी दुख्नु

- शरीरमा रगतको मात्रा कम हुनु

- थकित महसुस हुनु

यस्ता लक्षण देखिएमा अथाव औलोको शंका लागेमा रगत परीक्षण गरी औलो भए नभएको पत्ता लगाउन सकिन्छ । नेपालमा सरकार मातहतका सम्पूर्ण स्वास्थ्या संस्थामा औलोको नि:शुल्क परीक्षण तथा उपचार गरिन्छ ।

औलोबाट बच्ने उपायहरु

औलोबाट बच्न सबैभन्दा पहिले लामखुटेको टोकाइबाट जोगिनु एकदमै आवश्यक छ । त्यसैले लामखुटेको टोकाइबाट जोगिन लामखुट्टे नियन्त्रणमा ध्यान दिनुपर्ने हुन्छ। त्यसका लागि निम्न उपायहरु अपनाऔँ

लामखुट्टेको टोकाइबाट जोगीने उपायहरु

- झुल टाँगेर सुत्ने

- घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने

- सकेसम्म जति बेला पनि बाहुला भएको लुगा लगाउने

- लामखुट्टे भगाउने धुप वा मलमको प्रयोग गर्ने

- लामखुट्टे सक्रिय हुने समयमा विशेष गरी विहान र साँझपख सावधानी अपनाउने लामखुट्टे नियन्त्रण गर्ने उपाय

- घर वरिपरी , कार्यलय , विद्यालयमा टायर, खुल्ला भाडा हादिमा पानी जम्मा हुन नदिने

- पानी जम्मा गर्ने भाडामा लामखुट्टे छिर्न नसक्ने गरी छोप्ने

- गमलाको प्लेट, फुलदानी , कुलर आदिको पानी कम्तीमा हप्तामा एम पटक फेर्ने

अन्तिम अध्यावधिक: १२ बैशाख २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस