पुनर्वास : धानमा थ्रेसर लगाउने क्रममा घाइते भएकी महिलाको मृ*त्यु

होमपेज / घटना / समाचार /
पुनर्वास : धानमा थ्रेसर लगाउने क्रममा घाइते भएकी महिलाको मृ*त्यु
  • रेडियो सुदूर सञ्चार
  • २७ असोज २०८२ (५ महिना अघि)
  • २८९

पुनर्वास, कञ्चनपुर –

कञ्चनपुरमा धानमा थ्रेसर लगाउने क्रममा थ्रेसरको पट्टामा कपाल बेरिदा घाइते भएकी महिलाको उपचारका क्रममा मृत्यु भएको छ।

शनिबार बिहान जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर ५ ग गाउँमा आफ्नै घरमा थ्रेसर लगाउने क्रममा पट्टामा कपाल बेरिदा गम्भीर घाइते भएकी अन्दाजी ४५ वर्षीया भगवती थापाको उपचारका क्रममा भारतको लखनउमा मृत्यु भएको हो।

गम्भीर घाइते थापाको टाउकोको कपाल सहितको माथिल्लो भाग भुइँमा झरेको थियो। घाइते थापालाई तत्कालै धनगढी स्थित माया मेट्रो अस्पतालमा उपचारका लागि लगिए पनि अवस्था गम्भीर रहेको भन्दै भारतको लखनउ रिफर गरिएको थियो। घाइते थापाको उपचारका क्रममा मृत्यु भएको  प्रहरीले जानकारी दिएको छ।

मृतक थापाका दुई छोरा र एक छोरी थिए। २१ वर्षीय कान्छो छोरा यसै वर्षको हरितालिका तीजको राती   मोटरसाइकल दुर्घटनामा परी पुनर्वास १० दोंदा पुलमा मृत्यु भएको थियो।

अन्तिम अध्यावधिक: २७ असोज २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस