कञ्चनपुर : माओवादी अध्यक्ष प्रचण्डलाई पुनर्वासमा स्वागत तथा अभिनन्दन

होमपेज / समाचार /
कञ्चनपुर : माओवादी अध्यक्ष प्रचण्डलाई पुनर्वासमा स्वागत तथा अभिनन्दन
  • रेडियो सुदूर सञ्चार
  • १७ बैशाख २०८२ (१० महिना अघि)
  • २४६

बेलाैरी, कञ्चनपुर — 

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितको टोलीलाई कञ्चनपुरको पुनर्वास नगरपालिकामा विशेष स्वागत तथा अभिनन्दन गरिएको छ। 

मंगलबार नगरपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा नगरप्रमुख तोयाप्रसाद शर्माले अध्यक्ष प्रचण्ड सहित अभियान टिमलाई स्वागत तथा अभिनन्दन गरेकाे हो।

कार्यक्रमका क्रममा मेयर शर्माले पुनर्वास नगरपालिकाको समग्र विकासका लागि आवश्यक विषयहरू समेटिएको एक ज्ञापनपत्र पनि अध्यक्ष प्रचण्डलाई हस्तान्तरण गरेका छन् । 

अध्यक्ष प्रचण्डले टेक्निकल इन्स्टिच्युट सञ्चालन गर्न , स्थानीय भन्सार समस्याको समाधान गर्न, खेलकुद तथा रंगशाला निर्माण गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएकाे जनाइएको छ।

अन्तिम अध्यावधिक: १७ बैशाख २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस