सुत्केरी महिलाको उद्धारमा सहयोग गर्ने प्रहरी जवान पुरस्कृत

होमपेज / विविध / समाचार /
सुत्केरी महिलाको उद्धारमा सहयोग गर्ने प्रहरी जवान पुरस्कृत
  • रेडियो सुदूर सञ्चार
  • ७ जेठ २०८२ (१ बर्ष अघि)
  • ६२९

कैलालीको गोदावरी नगरपालिका-१ मा सडकमा सुत्केरी व्यथाले छट्पटाइरहेको अवस्थामा भेटिएकी महिलालाई सुरक्षित प्रसुती गराउन सहयोग गर्ने प्रहरी जवानलाई पुरस्कृत गरिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीले बुधबार प्रहरी जवान चन्द्रिका देउवालाई प्रसंशा पत्र र रेकर्डमा जानिनेगरि पुरस्कृत गरेको हो।

कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) बाल नरसिंह राणाले देउवालाई प्रशंसा पत्रसहित पुरस्कृत गरेका हुन्। राणाले प्रहरी चौकी खैरानामा कार्यरत प्रहरी जवान देउवाले सडकमा छट्पटिरहेको अवस्थामा गर्भवती महिलालाई सुरक्षित प्रसुती गराउन सघाएर सुरक्षित रूपमा अस्पतालसम्म पुगाएर उत्कृष्ट कार्य गरेकाले पुरस्कृत गरिएको बताए।

देउवाले मंगलबार गोदावरी नगरपालिका-१ को बसन्तपुरमा सडकमा छटपटाइरहेको अवस्थामा भेटिएकी बझाङको थलारा गाउँपालिकाकी चन्द्रा आचार्यलाई प्रसुती हुन सघाएकी थिइन्। देउवाकै सहयोगमा उनलाई सुरक्षित रूपमा पद्मा अस्पताल पुगाएकी थिईन्। देउवालाई सम्मान गर्दै एसपी राणाले संगठनमा उत्कृष्ट काम गर्ने प्रहरी कर्मचारीलाई पुरस्कृत र गलत गर्नेलाई कारवाहीको दायरामा ल्याइने बताए।

अन्तिम अध्यावधिक: ७ जेठ २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस