ट्रेण्डिङ

नवजात शिशु बेवारिसे अवस्थामा फेला

होमपेज / समाचार /
  • रेडियो सुदूर सञ्चार
  • ११ जेठ २०८२ (३ महिना अघि)
  • ५४६

कैलालीमा फालिएको शिशु रोइरहेको अवस्थामा फेला परेको छ । धनगढी उपमहानगरपालिका-१४ एच गाउँ स्थित साईनोचोक नजिकै एक नवजात शिशु बेवारिसे अवस्थामा फेला पारिएको हो ।

रोइरहेको अवस्थामा सडक छेउको नालामा सालनालसहित शिशु फेला परेको छ । स्थानीयले रोइरहेको अवस्थामा शिशुलाई देखेपछि इलाका प्रहरी कार्यालय बहुलियालाई खबर गरेका थिए ।

नवजात शिशुलाई प्रहरीले सकुशल उद्धार गरी सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको इलाका प्रहरी कार्यालय बहुलियाका वरिष्ठ प्रहरी नायब निरीक्षक लोकेन्द्र चन्दले बताए । शिशुलाई कोले जन्माएर बेवारिसे अवस्थामा छोड्यो भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।

अन्तिम अध्यावधिक: ११ जेठ २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस