बेलौरी, कञ्चनपुर -
कञ्चनपुरमा एक जना मृत अवस्थामा फेला परेका छन् । जिल्लाको बेलौरी नगरपालिका-१ बैशाखी बस्ने २९ वर्षीय गोपाल लुहार मृत अवस्थामा फेला परेका हुन् ।
लुहार घरबाट अन्दाजी ५०० मिटर टाढा आफ्नै उखुबारीमा मंगलवार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । घटना सम्बन्धमा अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।