२० खर्ब रुपैयाँको हाराहारीमा बजेट आउने अनुमान

होमपेज / समाचार /
  • रेडियो सुदूर सञ्चार
  • १५ जेठ २०८२ (१ दिन अघि)
  • ६६

सरकारले आज (बिहीबार) आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट ल्याउने भएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज दिउँसो ३ बजे बजेट पेस गर्न लागेका हुन् ।

आगामी आर्थिक वर्षमा अर्थमन्त्री पौडेलले २० खर्ब रुपैयाँ हाराहारीमा बजेट ल्याउने अनुमान गरिएको छ । बिहीबार दिउँसो साढे १ बजे अर्थमन्त्री पौडेलले आर्थिक वर्ष ०८२/०८३ को आर्थिक सर्वेक्षण पेस गर्ने कार्यक्रम रहेको संघीय संसद् सचिवालयले जनाएको छ ।

राष्ट्रिय योजना आयोगको राष्ट्रिय स्रोत अनुमान समितिले आगामी आर्थिक वर्षका लागि १९ खर्ब रुपैयाँ बजेट सीमा निर्धारण गरेर अर्थ मन्त्रालयलाई दिएको छ । आगामी आर्थिक वर्षको बजेटले अर्थतन्त्रमा प्रस्थान विन्दु निर्धारण गरेर दोस्रो चरणको आर्थिक सुधारका योजना ल्याउने अनुमान गरिएको छ । 

पूर्वअर्थसचिव रामेश्वर खनालको संयोजकत्वमा गठन भएको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको धेरै सुझावलाई बजेटमा समावेश गरिएको बताइएको छ । यस्तै, सरकारले आयोगको सुझाव कार्यान्वयनका लागि कार्ययोजना समेत स्वीकृत गरेको छ ।

अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्षको बजेटले अर्थतन्त्र चलायमान बनाएर ठूलो संख्यामा रोजगारी सिर्जना गर्न पोलिसी डिपार्चर गर्ने संकेत गरेका छन् ।  

अन्तिम अध्यावधिक: १५ जेठ २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस