राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय सहकारी विभाग सदस्यमा चन्द

होमपेज / राजनीति /
राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय सहकारी विभाग सदस्यमा चन्द
  • शीतल भट्ट
  • ११ जेठ २०८३ (२ महिना अघि)
  • १००२

बेलाैरी, कञ्चनपुर -

राष्ट्रिय स्वतन्त्र पार्टी ले कञ्चनपुरका नरेन्द्र बहादुर चन्दलाई पार्टीको केन्द्रीय सहकारी विभाग सदस्य पदमा मनोनयन गरेको छ ।

पार्टीका महामन्त्री भुपदेव शाह द्वारा जारी पत्रअनुसार वेदकोट नगरपालिका–४ निवासी चन्दलाई उक्त जिम्मेवारी प्रदान गरिएको हो ।

पत्रमा पार्टीको विधान, नीति, सिद्धान्त तथा विभागीय नियमावली बमोजिम आफ्नो पदीय जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ ।

रास्वपाका सुदूरपश्चिम प्रदेश संस्थापक सभापति समेत रहेका चन्द यसअघि पार्टीको केन्द्रीय गुनासो व्यवस्थापन विभागमा केन्द्रीय सदस्यको जिम्मेवारीमा रहनुभएको थियो।

पार्टीले सहकारी क्षेत्रसँग सम्बन्धित गतिविधि, नीति समन्वय तथा संगठन विस्तारलाई प्रभावकारी बनाउन उहाँलाई नयाँ जिम्मेवारी दिएको जनाएको छ ।

चन्दको मनोनयनसँगै सुदूरपश्चिममा पार्टीको संगठनात्मक गतिविधि थप सशक्त र प्रभावकारी बन्ने अपेक्षा गरिएको छ ।

अन्तिम अध्यावधिक: ११ जेठ २०८३
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस