Advertisement
Skip This
ट्रेण्डिङ

कञ्चनपुर : नागरिक उन्मुक्ति पार्टी जिल्ला अध्यक्ष रानाको राजीनामा : ‘पार्टी मर्मविपरीत गएको आराेप’

होमपेज / मुख्य समाचार / राजनीति /
अब सहकार्य सम्भव छैन : राना
  • चन्द्रिका चौधरी
  • १५ जेठ २०८२ (५ महिना अघि)
  • ६१९

बेलाैरी, कञ्चनपुर —

नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य तथा कञ्चनपुर जिल्ला अध्यक्ष नन्दकुमार रानाले पद र पार्टी दुबैबाट राजीनामा दिएका छन्। पार्टी मूल मर्म र सिद्धान्तबाट विचलित भएको आरोप लगाउँदै उनले राजीनामा दिएका हुन्।

पार्टीको केन्द्रीय समितिलाई सम्बोधन गरिएको राजीनामा पत्रमा रानाले लेखेका छन्, “भौगोलिक, सांस्कृतिक पहिचानसहितको संघीयता भन्ने मूल मर्म विपरीत पार्टी अघि बढेकाले अब सहकार्य सम्भव छैन।”

उनले पार्टीभित्र व्यक्तिगत लाभ, पद र प्रतिष्ठाका लागि भइरहेको राजनीति तथा अवसरवादी प्रवृत्तिप्रति गम्भीर असन्तुष्टि जनाएका छन्। पार्टीको पछिल्लो गतिविधि, नीतिगत विचलन र संस्कारविहीन नेतृत्वले निराश बनाएको उनले स्पष्ट पारेका छन्।

रानाले भनेका छन्, “पार्टीले जनताको अधिकार र समुदायको पक्षमा लड्ने राजनीतिक संस्कार गुमाएको छ। मैले पनि अब स्वतन्त्र ढंगले जनताको पक्षमा आवाज उठाउने निर्णय गरेको छु।” यतिञ्जेल साथ सहयोग गर्नुहुने सबैलाई धन्यवाद ।

नन्दकुमार राना कञ्चनपुर जिल्लामा सक्रिय राजनीतिज्ञका रूपमा चिनिन्थे। उनले पार्टी स्थापनाको सुरुवातदेखि नै सक्रिय भूमिका खेलेका थिए।

नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय सदस्य, जिल्ला अध्यक्ष तथा साधारण सदस्यता समेत परित्याग गर्ने निर्णयसहितको राजीनामा आएपछि कञ्चनपुरकाे राजनीतिक वृत्तमा छुट्टै  सनसनी फैलिएको छ।

अन्तिम अध्यावधिक: १५ जेठ २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस