बेलौरी, कञ्चनपुर -
कञ्चनपुरमा लागूऔषधसहित ३ जना पक्राउ परेका छन् ।
जिल्लाको बेलौरी नगरपालिका-१० सडकघाटबाट लालझाडी गाउँपालिका-३ बल्मी बस्ने २२ वर्षका आशिष राना, कृष्णपुर नगरपालिका-२ बाणी बस्ने २४ वर्षका सुरेश खुना र बर्दियाको गुलरिया नगरपालिका-१२ टपरी बस्ने ३५ वर्षीय श्याम चौधरी पक्राउ परेका हुन् ।
तीनै जनालाई २ ग्राम ६७० मिलीग्राम लागूऔषध खैरो हेरोइनसहित इलाका प्रहरी कार्यालय बेलडाँडी र प्रहरी चौकी भुडा, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।