बेलौरी: ७ दिने विपद् स्वयंसेवक परिचालन तालिम, नगरपालिका र सुरक्षा निकायको उत्कृष्ट सहकार्य 

होमपेज / समाचार /
स्थानीय सरकारकाे विपद् व्यवस्थापनलाई प्राथमिकता
  • चन्द्रिका चौधरी
  • २८ जेठ २०८२ (२ दिन अघि)
  • ४१९

चन्द्रिका चाैधरी/ बेलौरी, कञ्चनपुर — 

"विपद् आउँछ भनेर खबर गर्दैन, तर हामी चाहिँ सधैं खबरदारीका साथ तयार रहनुपर्छ" भन्ने सन्देशका साथ बेलाैरीमा ७ दिने विपद् स्वयंसेवक परिचालन सम्बन्धी आधारभूत तालिम सुरु भएको छ ।

मंगलबारदेखि नगरको सभाहलमा सञ्चालन भएको कार्यक्रमकाे उद्घाटन नगरका मेयर पोतीलाल चौधरीले गर्नुभएको हाे ।

बेलाैरी नगरपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत गणेश सिंह ऐरीको सभाध्यक्षता रहेको कार्यक्रममा बेलाैरी नगर उप-प्रमुख जाेगराम चाैधरी, सशस्त्र प्रहरी बल नेपाल नं. ३५ गण शैलेश्वरी कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक लोकेन्द्र देव भट्ट, बिओपी बेलाैरीका डिएसपी मोहन केसी, इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक भाष्कर चन्द लगायत नगरका १० वटै वडाबाट प्रतिनिधित्व गर्ने स्वयंसेवकहरूको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रममा बोल्दै नगरप्रमुख चौधरीले भन्नुभयो, “स्थानीय सरकारले विपद् व्यवस्थापनलाई प्राथमिकतामा राखेको छ। बाढी, डुबान, आगलागी, चट्याङ, र भू–क्षय जस्ता जोखिमहरू हाम्रो क्षेत्रको यथार्थ हो। यस्तो अवस्थामा सचेत, प्रशिक्षित र सकृय स्वयंसेवक टोलीको उपस्थिति नै नगरको बलियो सुरक्षा कवच हो।” उहाँले नगरपालिकाले प्रत्येक वडामा विपद् प्रतिक्रिया संयन्त्र निर्माण गर्न थालेको प्रयास यो तालिममार्फत थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो।

उक्त तालिम सह–आयोजनामा सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान, पुन्ना डोटीको सक्रिय सहभागिता रहेको छ भने सशस्त्र प्रहरी बल ३५ नम्बर गण शैलेश्वरीको सहयोग सहकार्य रहेको विपद् फोकल पर्सन अशोक पाण्डेले जानकारी दिनुभयो।

रेडियो सुदूर सञ्चार संगकाे कुराकानीमा पाण्डेले - तालिममा सहभागी स्वयंसेवकहरूलाई व्यावहारिक र सैद्धान्तिक पक्षलाई समान रूपमा दक्ष बनाउने उद्देश्यले कार्यक्रम संरचित गरिएको बताए।,

तालिममा विपद् जोखिम मूल्याङ्कन, स्थानीय स्रोत साधनको परिचालन, प्राथमिक उपचार, उद्धार प्रक्रिया, संचार व्यवस्थापन, अस्थायी शिविर व्यवस्थापन, सरसफाइ, सुरक्षित पानी तथा खाद्य सुरक्षा लगायतका विषयमा प्रशिक्षण दिइँदैछ उनलेे भने।, सहभागीहरूलाई समूहगत कार्य, फील्ड अभ्यास, मोक ड्रिल र अनुभवी प्रशिक्षकहरूका मार्गदर्शनमा विभिन्न अभ्यासहरू गराइने छ।

विपद् व्यवस्थापन तर्फका एक सशस्त्र प्रहरी निरीक्षकले सहभागीहरूमाझ कार्यक्रमकाे उद्देश्य, समय तालिका, अपेक्षित नतिजा र विपद् पूर्वतयारीको महत्त्व, परिणाम तथा पूर्व तयारीलाई प्रभावकारी ढंगले प्रस्तुत गरेका थिए ।

Practical Action र PESWAN को प्राविधिक सहयोगमा आयोजित तालिमले सहभागीहरूलाई दीर्घकालीन रूपमा समुदायमा विपद् तयारीका अभियन्ता बनाउने लक्ष्य लिएको छ।

कार्यक्रममा सुरक्षा निकायका प्रतिनिधिहरूले समुदायसँग सहकार्यमा विपद् व्यवस्थापन अझ प्रभावकारी हुने विश्वास व्यक्त गर्दै, तालिमप्राप्त स्वयंसेवकहरूलाई वास्तविक समयमा सहयोगी र प्रभावशाली भूमिका निर्वाह गर्ने गरी तयार पार्नुपर्ने धारणा राखे।

सप्ताहव्यापी तालिम सम्पन्न भएपछि सहभागी स्वयंसेवकहरूलाई प्रमाणपत्र प्रदान गरिनेछ । बेलौरी नगरपालिकाले यस्तो खालको अभ्यासलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै, भविष्यमा अझ विशिष्ट, क्षेत्रमा लक्षित, र व्यावसायिक स्वरूपमा विपद् तयारी तालिमहरू सञ्चालन गर्दै जाने योजना बनाएको छ।

भने, समुदाय, स्थानीय सरकार र सुरक्षा संयन्त्रबीचको उत्कृष्ट सहकार्यले विपद् न्यूनीकरणमा दीर्घकालीन प्रभाव पार्ने अपेक्षा समेत गरिएको छ।

अन्तिम अध्यावधिक: २८ जेठ २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस