पुनर्वास, कञ्चनपुर -
कञ्चनपुरबाट सशस्त्र प्रहरीले खैरो हिरोइन सहित दुई जनालाई पक्राउ गरेको छ । जिल्लाको पुनर्वास–४ स्थित नेपाल–भारत सीमा क्षेत्र जमुनाघारी नजिकै बिओपी आँपतालबाट खटिएको शसस्त्र प्रहरीको टोलीले दुई जनालाई पक्राउ गरेको हो ।
सशस्त्र प्रहरी हवल्दार लक्ष्मण दत्त जोशीको कमाण्डमा खटिएको दुई जनाको चेकप्वाइन्ट टोलीले भारतको मिलन बजारबाट नेपालतर्फ आउँदै गरेको सु.प.प्र. ०१–०१२ प १७२७ नम्बरको मोटरसाइकल लाई शंका लागी जाँच गर्ने क्रममा लागूऔषध (खैरो हिरोइन) बरामद गरीएको बिओपी आँपतालले जनाएको छ ।
मोटरसाइकल चालक कैलालीको धनगढी–३ बडहरा बस्ने २७ वर्षीय अम्मर चौधरी र मोटरसाइकलमा सवार धनगढी–३ ऐठपुर बस्ने २५ वर्षीय भिमजङ्ग कठरियालाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो । उनीहरूको साथबाट कालो प्लास्टिक झोला भित्र प्याजको झिल्लीमा लुकाएको अवस्थामा ३ पोका १.२३० ग्राम खैरो हिरोइन जस्तो देखिने बस्तु फेलापारी पक्राउ गरीएको बिओपी आँपतालले जनाएको छ ।
उनिहरुके साथबाट मोटरसाइकल सहित रेडमी १३ मोबाइल १ थान, ओप्पो मोबाइल १ थान, चाँदीको सिक्री (अन्दाजि १.५ तोला) १ थान र नगद ५ सय नेपाली रुपैया बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ । उनीहरूलाई प्रारम्भिक अनुसन्धान पश्चात आवश्यक कारबाहीको लागि ईलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीको जिम्मा लगाइएको सशस्त्र प्रहरी बल बिओपी आँपतालका ईन्चार्ज सशस्त्र प्रहरी निरीक्षक टिकाराम रावलले जानकारी दिनुभयो ।
दैनिक जसो सीमा क्षेत्र हुँदै लागूऔषध ओसारपसारमा संलग्नको संख्या बढ्दै गइरहेकाले चेकजाँचलाई थप कडाइ गरिएको उहाँले बताउनुभयो ।