ट्रेण्डिङ

सर्पको टोकाइबाट एक शिक्षिकाको मृ*त्यु

होमपेज / घटना / समाचार /
  • रेडियो सुदूर सञ्चार
  • ३० जेठ २०८२ (२ महिना अघि)
  • ७४४

कैलाली -

कैलालीमा सर्पले टोक्दा एक शिक्षिकाको मृत्यु भएको छ । गोदावरीमा रहेको शारदा माविमा कार्यरत शिक्षिका पार्वती अवस्थीको सर्पको टोकाइबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

गोदावरी नगरपालिका–८ श्रीपुरमा प्रावि तहमा कार्यरत शिक्षिका अवस्थीको बिहिवार सर्पको टोकाइबाट मृत्यु भएको हो । सर्पले टोकेपछि सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएकी अवस्थीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनी धनगढी उपमहानगरपालिका–३ बोराडाँडी निवासी हुन् ।

अन्तिम अध्यावधिक: ३० जेठ २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस