कञ्चनपुर -
कञ्चनपुरबाट २ किलो बढी चरेशसहित एक जना पक्राउ परेका छन्।
भीमदत्त नगरपालिका३ तिलाचौर केदार टोल स्थित ६० वर्षीय राम सिह साउदको घरमा खानतालासी गर्दा २ किलो १५५ ग्राम लागूऔषध चरेश फेला पारी शनिवार उनलाई पक्राउ गरिएको हो।
चरेशसहित साउदलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।