निड्स नेपाल र एलडब्लुएफद्वारा सञ्चालित आत्मनिर्भर परियोजनाबाट ३३ महिला सशक्त

होमपेज / विविध / समाचार /
आर्थिक रुपले आत्मनिर्भर बन्ने अवसर
  • रेडियो सुदूर सञ्चार
  • ३ असार २०८२ (७ घण्टा अघि)
  • ३५

चन्द्रिका चौधरी / बेलौरी, कञ्चनपुर -

कञ्चनपुरको बेलौरीमा निड्स नेपाल र एलडब्लुएफद्वारा सञ्चालित परियोजनाले महिलाहरूलाई आत्मनिर्भर र  आर्थिक रूपले सशक्त बनाउन महत्वपूर्ण योगदान पुर्‍याएको छ।

लुथरन वर्ल्ड फेडरेशन (LWF) को आर्थिक सहयोग र निड्स नेपालको सहकार्यमा सञ्चालित परियोजनाले नगरका ३३ जना महिलाहरूलाई आर्थिक रूपले सशक्त बनाउन महत्वपूर्ण योगदान पुर्‍याएको हाे। 

“समुदाय सशक्तिकरण तथा विकासका लागि स्थानीय पहल परियोजना”अन्तर्गत सञ्चालन गरिएको कार्यक्रममा बेलाैरी नगरका लक्षित महिला समूहको उल्लेखनीय सहभागीता रहेको LWF कि कार्यक्रम संयोजक कविता राेकायाले बताइन् ।

राेकायाले भनिन् - स्थानीय महिलाहरूको आयआर्जन तथा क्षमताको वृद्धि गर्न आयोजना गरिएको उक्त कार्यक्रमबाट सहभागी महिलाहरूले स्रोतसाधनको उचित उपयोग गर्दै स्वरोजगार सिर्जना गर्न सक्ने क्षमता हासिल गरेका छन्।

कार्यक्रममा सहभागी महिलाहरूलाई आवश्यक आत्मनिर्भर बन्न प्रेरित गर्ने उद्देश्यका सिलाइ मेशिन लगायत अन्य आवश्यक सामग्री वितरण गरिएको थियो।

बेलौरी नगरपालिका अन्तर्गत २,३,४,५ र ९ नम्बर वडाका लक्षित महिलालाई विभिन्न स्वराेजगारमुखी सामग्री वितरण गरिएको थियो। 

LWF काे आर्थिक सहयोग र निड्स नेपालले स्थानीय महिलाहरूलाई लक्षित गरी बेलाैरीमा रोजगारीमुखी सीप विकास कार्यक्रम सञ्चालन गरेको हो।

स्थानीय स्रोतमा आधारित आयआर्जनमा केन्द्रित परियोजनाले महिलाहरूको आत्मनिर्भरता वृद्धि गर्नुका साथै घरपरिवारको आर्थिक बोझ कम गर्न सहयोग पु¥याउने अपेक्षा गरिएको छ।

यस परियोजनाबाट महिलाहरूले सीप हासिल गरी व्यवसाय सञ्चालनका लागि तयारी थालेका छन्। उनीहरूले आवश्यक सहयोग पाएपछि आफूखुसी व्यवसाय सञ्चालन गर्न सक्ने आत्मविश्वास प्राप्त गरेको संयोजक राेकायाकाे भनाइ छ।उनका अनुसार - कार्यक्रममा महिलाहरूले जीवनमा पहिलो पटक यस्तो अवसर पाउँदा खुशी व्यक्त गरेका छन्।,

नास्ता पसल, सिलाई कटाई, तरकारी खेती, विद्युत वायरिङ्ग, टायल मार्वल फिटिङ्स, घर बनाउने राज मिस्री गरी कूल ३३ जना महिलाहरू आत्मनिर्भर बन्न बनाउन आवश्यक सामग्री वितरण गरिएको जनाइएको छ।

उक्त कार्यक्रमकाे बेलाैरी नगर प्रमुख पाेतीलाल चाैधरीले स्थलगत अनुगमन गरेका थिए । भने सामग्री वितरण कार्यक्रममा बेलाैरी नगर उप-प्रमुख जाेगराम चाैधरी लगायत सराेकारवालाहरूको उपस्थित रहेको थियो।

यस परियोजनाबाट विभिन्न वडाका लक्षित महिलाहरूले प्राप्त सीप र सामग्रीकाे प्रयोग गरी आत्मनिर्भर बन्ने अठोट गरेका छन्।

अन्तिम अध्यावधिक: ३ असार २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस