Advertisement
Skip This
ट्रेण्डिङ

बैद्य क्रान्तिकारीको कञ्चनपुरमा भ्रष्टाचार बिरुद्ध अभियान शुरु

होमपेज / समाचार /
  • रेडियो सुदूर सञ्चार
  • ५ असार २०८२ (४ महिना अघि)
  • ३२१

कञ्चनपुर -

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल(बैद्य)ले कञ्चनपुरमा भ्रष्टाचार बिरुद्ध अभियान शुरु गरेको छ । ‘भ्रष्ट र भ्रष्टाचारीको अन्त्य गरौँ, भ्रष्टाचार बिरोधी अभियान सफल पारौँ’भन्ने मुल नाराका साथ बैद्य क्रान्तिकारी कम्युनिष्ट पार्टीले भ्रष्टाचार बिरुद्ध अभियान शुरु गरेको हो ।

बिहीबार जिल्ला सदरमुकाम भीमदत्त नगरपालिकादेखि अभियान शुरुवात गरेको क्रान्तिकारी कम्युनिष्ट पार्टीले जनाएको छ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल कञ्चनपुरका जिल्ला इन्चार्ज राम बहादुर महरा(चिन्तक)ले बिहीबारदेखि शुरु भएको अभियान जिल्लाभरी संचालन हुने बताए । उनले भीमदत्त नगरकोे महेन्द्रनगरमा शुरुवात गरिएको अभियान सबै क्षेत्रमा संचालन गरिने बताए । ‘जताजतै भ्रष्टाचारै भ्रष्टाचार छ, यो भ्रष्टाचारले जनता हैरान छन्, केही सीमित मान्छे मोटाएका छन्,, अब भ्रष्टाचार बिरुद्धको अभियान अघि बढाएर केही भ्रष्टाचार तह लगाउनेदेखि संस्थागत भ्रष्टाचार नियन्त्रणका लागि पार्टीले दवावमुलक कार्यक्रम गर्छ, ‘उनले भने, ‘भ्रष्टाचार देश विकासको शत्रु भएकाले यसको जरै उखेल्नुपर्छ ।’ चिन्तकले यस अघि पार्टीले जनसम्बन्ध अभियानसंगै अहिले भ्रष्टाचार बिरुद्ध अभियान संचालन गर्न लागेको बताए ।

गाँउदेखि सिंहदरबार केन्द्रसम्मै काण्डैकाण्डले मुलुकमा भयाभह अवस्था सृजना गरेकाले पार्टीले कञ्चनपुर सहित देशभर अभियान संचालन गरिएको बताए । उद्घाटन कार्यक्रममा जिल्ला इन्चार्ज राम बहादुर महरा(चिन्तक) सहित, पार्टी १नम्बर ब्यूरो सेक्रेटरी हरि सुवेदी, जिल्ला संयोजक विष्णूराम नेपाली सहितका नेताहरुले सम्बोधन गर्दै भ्रष्टाचार बिरुद्धको अभियानमा साथ सर्मथनका लागि अपिल गरेका छन् ।

अन्तिम अध्यावधिक: ५ असार २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस