गोदावरी नगरपालिकाको १ अर्ब १८ करोड बजेट, विकासलाई प्राथमिकता

होमपेज / समाचार /
१ अर्ब १८ करोड ५४ लाख ५६ हजार रुपैयाँको बजेट
  • रेडियो सुदूर सञ्चार
  • ६ असार २०८२ (४ घण्टा अघि)
  • ७६

गोदावरी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १ अर्ब १८ करोड ५४ लाख ५६ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

शुक्रबार नगर सभाको १५ औं अधिवेशनमा नगर प्रमुख विरेन्द्र भट्टले बजेट प्रस्तुत गरेका हुन्। प्रस्तुत बजेट गत वर्षको तुलनामा झण्डै ४ करोड रुपैयाँले कम हो।

 

 

 

नगरपालिकाले आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार निर्माण, वन–वातावरण संरक्षण, सुशासन र संस्थागत विकासलाई प्राथमिकतामा राख्दै बजेट विनियोजन गरेको छ।

नगर उपप्रमुख शारदा देवी रोकाया अस्वस्थ भएकाले नगर प्रमुख भट्टले बजेट भाषण प्रस्तुत गरेका हुन्। हाल नगरसभा जारी छ।

अन्तिम अध्यावधिक: ६ असार २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस