दिनेश चाैधरी / बेलाैरी, कञ्चनपुर –
लालझाडी गाउँपालिकाको १८औं अधिवेशनमा स्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीहरूलाई सम्मान गरिएको छ।
स्वास्थ्य सूचकांकका आधारमा छनोट
गाउँपालिकाले स्वास्थ्य सेवामा उत्कृष्ट प्रदर्शन गर्ने स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरुलाई सूचकांकका आधारमा छनाेट गरी सम्मान गरेको हाे।
सम्मानित प्रथम पुरस्कार: देखतभूली स्वास्थ्य चौकी, द्वितीय पुरस्कार: आधारभूत स्वास्थ्य सेवा केन्द्र, सिकलपट्टी र तृतीय पुरस्कार: चान्देव स्वास्थ्य संस्थालाई प्रदान गरिएको छ।
यी संस्थाहरूलाई प्रमाणपत्रसहित नगद ७ हजार पुरस्कार प्रदान गरिएको प्रमुख प्रशासकीय अधिकृत राजबहादुर सार्कीले बताए। गाउँपालिकाले उनीहरूले देखाएको सेवा समर्पणप्रति उच्च कदर गर्दै प्रशंसा समेत गरेको अधिकृत सार्कको भनाइ छ।
स्वास्थ्यकर्मी सम्मान समारोहमा गाउँपालिकाले ९ वटै स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरू र महिला स्वास्थ्य स्वयंसेविका लाई धन्यवाद ज्ञापन गरेको छ।
गाउँपालिका अध्यक्ष रानाको प्रशंसा र प्रेरणा
गाउँपालिकाका अध्यक्ष निर्मल रानाले स्वास्थ्यकर्मीहरूद्वारा पुर्याइएको अथक योगदानले पालिकाको समग्र स्वास्थ्य अवस्था सुधारिएको उल्लेख गर्दै भविष्यमा अझ प्रभावकारी ढंगले कार्य गर्न सबैलाई प्रेरणा दिएका थिए। भने उनलेे लालझाडीकाे स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सहयोग गर्नुहुने सबैलाई धन्यवाद व्यक्त गरेका छन् ।
सकारात्मक सन्देशको प्रवाह
कार्यक्रमले स्वास्थ्य क्षेत्रप्रतिको पालिकाको प्रतिबद्धता र कदर गर्ने संस्कृतिलाई सुदृढ बनाएको गाउँपालिका स्रोतले जनाएको छ। यसले सम्पूर्ण गाउँपालिकामा सकारात्मक सन्देश प्रवाह गरिने विश्वास व्यक्त गरिएको छ।